दैलेखमा बालबालिकाहरुको लागि पोषण लेखाजोखा तथा व्यवस्थापनको अभियान सञ्चालन
दैलेखमा बालबालिकाहरुको लागि पोषण लेखाजोखा तथा व्यवस्थापनको अभियान सञ्चालन
दैलेख जिल्लाको आठबिस नगरपालिकाले नगरपालिका क्षेत्रमा ६ देखि ५९ महिना सम्मका बालबालिकाहरुका लागि पोषण लेखाजोखा तथा व्यवस्थापन गर्नका लागि अभियान सञ्चालन गर्न भएको छ ।
स्वास्थ्य कार्यलय दैलेखको समन्वय र एभरेष्ट क्लब दैलेखको आर्थिक सहयोगमा आठबिस नगरपालिकाले नगरपालिकाका सबै वडा क्षेत्रमा उच्च कुपोषण र न्यून कुपोषणमा रहेका बालबालिकालाई पोषणको क्षेत्रमा ल्याइ जीवन रक्षा गर्नेका लागि अभियान सन्चालन गर्न लागिरहेको आठबिस नगरपालिकाले जनाएको छ ।
नगरपालिका भित्रका स्वास्थ्य संस्था प्रमुख लगायत सरकारवालाहरुसग गरिएको अभिमुखिकरण कार्यक्रममा बोल्दै आठबिस नगरपालिकाका प्रमुख तर्कबहादुर बडुवालले समाजमा कमजोर स्थितिमा रहेका नागरिकहरुलाइ पहिलो प्राथमिकता दिनुपर्ने बताएका छन् । उनिहरुले पाउने सेवा सुबिधा समाजका ठुलाबडाले पाएको खण्डमा उनिहरुलाइ छ्नोट गर्दा ध्यान दिनुपर्नेमा जोड दिइएका छन् । अभिमुखिकरण कार्यक्रममा एभरेस्ट क्लब दैलेखका सचिव तथा अधिकारीले ग्रामिण क्षेत्रमा कुपोषित बालबालिकाहरुको तथ्य नभएको सन्दर्भमा धेरैको ज्यान जाने क्रम रहेकाले त्यसलाई न्यूनीकरणका लागि नगरपालिकासंगको सहकार्यमा अभियान नै सन्चालन गर्नुपरेको उहाँले बताउनुभएको हो ।
अभियानलाई आठबिस नगरपालिका स्वास्थ्य शाखाले सहजीकरण गर्नुका साथै नगरपालिका क्षेत्रभित्र घर–घरमा स्वास्थ्यकर्मीको टोलिसहित निगरानी गरिनेभएको छ ।