प्रतिनिधि सभाको बैठकबाट सुरक्षण मुद्रण सम्बन्धी विधेयक पारित
काठमाडौं । प्रतिनिधि सभाको बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ पारित गरेको छ ।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रस्तुत गर्नुभएको सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०८१ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो । विधेयकको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिंदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताउनुभयो ।
खरिद नियमावलीको व्यवस्था र सरकारी प्रावधानहरु सबै पालना गर्नुपर्ने भएकाले यहि मितिदेखि काम शुरु हुन्न भनेर तोक्न नसकिने उहाँको भनाइ छ । कयौं मेसिनहरु छपाई गर्न सक्ने स्थितिमा रहेपनि अन्य कयौं मेसिनहरु पनि ल्याउनुपर्ने उहाँले बताउनुभयो ।
प्रतिनिधि सभाको अर्को बैठक जेठ २७ गते आइतबार बिहान ११ बजे बस्ने भएको छ ।