मधेश प्रदेशका नवनियुक्त २ जना मन्त्रीले शपथ ग्रहण लिए
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त २ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण लिएका छन् ।
प्रदेश प्रमुख सुमित्रा भण्डारीले आइतबार जनमत पार्टीका त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्री र सकिल मियाँलाईविना विभागीय मन्त्रीको शपथ ग्रहण गराउनुभएको हो ।
२ जना मन्त्री थपिएसँगै मुख्यमन्त्री सतिश कुमार सिंहको मन्त्रिमण्डल १६ सदस्यीय बनेको छ । गत शुक्रबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएका सिंहले १० मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गर्नुभएको थियो ।