जसपा नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले लिए शपथ ग्रहण
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नवनिर्वाचित अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको छ।
जनकपुरमा जारी प्रथम महाधिवेशनबाट अध्यक्ष पदमा सर्वसम्मत चयन हुनुभएका यादवले बिहीबार शपथ ग्रहण लिनुभएको हो । अध्यक्षमा उहाँको एक्कल उम्मेदवारी परेको थियो । अध्यक्ष पदमा यादवलाई सर्वसम्मतिले अध्यक्ष घोषणा गरिएको हो ।
अध्यक्ष बाहेकका अन्य पदमा भने नेताहरुले उम्मेदवारी दिएका थिए । अन्तिममा सबै उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सबै पदमा सहमतिका लागि प्रयास भइरहेको र त्यसको टुंगो लगाउन अध्यक्ष यादवलाई जिम्मेवारी दिइएको हो।