वैदेशिक रोजगारीका समस्या समाधान गर्न सरकारसँग कांग्रेसका सभापति देउवाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगीएका नेपालीहरुको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गर्नुभएको छ ।
काठमाडौंमा शनिबार आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १२ औं साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभापति देउवाले नेपालमा वैदेशिक रोजगारी महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरुले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको भन्दै उनीहरुलाई भइरहेको शोषणको समस्या रोक्न आग्रह गर्नुभयो ।
वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमिकहरुको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । श्रमिकहरु ठगीनु र दुःख पाउनु नहुने उहाँको भनाइ थियो ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनलाई दुःख पाएका नेपालीहरुले समस्या समाधान गर्ने काममा लाग्न पनि सभापति देउवाले निर्देशन दिनुभएको छ ।