बुद्धकालिन समाज ९ पाली त्रीपिटकको साक्ष्यमा लाई फर्केर हेर्दा
नारायणप्रसाद सापकोटा
बुद्धकालीन समाजू९पाली त्रिपिटकको साक्ष्यमा० उमाकान्त पौड्यालको नविनतम कृति जसले चमत्कार बिहिन सामान्य ऐतिहासिक पुरुषको रुपमा बुद्ध ९ई। पु। ५६३(४८३०, उनको धार्मिक मन्तव्य, तत्कालिन समाजको बहुपक्षीय जानकारीका साथै बौद्ध धर्मलाई सरलरुपमा बुझाउने काम गर्दछ। यस पुस्तकमा लेखकले पाली त्रिपिटककको अध्ययन अनुसन्धान बाट प्राप्त जानकारीलाई बोधगम्य तरिकाले प्रस्तुत गरेका छन, साथै त्रिपिटकका भनाईलाई पनि देवनागरी लिपिमा पादटिप्पणिकोरुपमा उल्लेख गरेर पुस्तकलाई अझै विश्वसनीय बनाएका छन।
ूद्यगममजब धबक दयचल ष्ल ल्भउबूि यो नाराले मात्र बुद्धलाई नेपालको लुम्बिनीमा जन्मेको हो भनेर चिनाउन नसकिने तर्क हङकङको एउटा बुद्धमार्गिले बुद्ध नेपालमा जन्मेको प्रमाण के छ रु भनेर लेखकसङ्ग सोधेको प्रसङ्गलेनै प्रष्ट्याउछ।यदि बुद्धलाई नेपालको लुम्बिनीमा जन्मेका थिए भनेर बिश्वलाई चिनाउने हो भने सबैभन्दा पहिला नेपालीले बुद्धलाई चिन्नु पर्यो र त्यसकोलागी बुद्ध सम्बन्धि आधिकारिक जानकारी सबै नेपालिको पहुँचमा पुग्नुपर्यो भनेर लेखकले पाली त्रीपिटकको अध्ययन अनुसन्धानबाट यो पुस्तक तयार गरेको देखिन्छ।लेखकले फरक फरक दशवटा शिर्षकका उपशिर्षकमा बाडेर बिषयबस्तु प्रस्तुत गर्नु भएको छ।
जनसंख्याको वृद्धि सङ्गै समाजमा निजि सम्पतिको अवधारणा र विकृती पनि बढ्दै गएपछी समाज व्यवस्था बनाईराख्न प्रबुद्ध बर्गले ुमहासम्मतु चुने र उसको नेतृत्वलाई स्वीकार गरे कालान्तरमा त्यही व्यक्ती विशेष अधिकार सहितको राजा वा क्षेत्रीय मानियो र उसको अधिकार क्षेत्रको भुभाग उसको राज्य मानियो। जसले चक्ररत्नद्वारा जम्मुद्विपमा शासन गरे उसलाई चक्रवर्ती राजा मानियो। बुद्धले धर्मको मामलामा आफ्नो तुलना सार्वभौम चक्रवर्ती राजा सङ्ग गर्थे।मानव कल्याण, समानता, समृद्धि, अहिशा र जनचाहानामा चलेको राज्यलाई आदर्श राज्य भनिने र तत्कालिन समयमा मगधका राजा बिम्बसारले र बुद्धको महापरिनिर्वाणको करिब २१८ बर्ष पछि अशोकले आदर्श राज्य सन्चालन गरेर चक्रवर्ती सम्राट बनेको उल्लेख छ।बुद्धकालिन समयमा जम्मुद्विपमा चारवटा शक्तिशाली राज्य मगध, कोशल,वम्स र अवन्ती राजतन्त्रात्मक राज्य थिए। १० वटा स(साना गणराज्य र१६ वटा महाजनपद थिए, तिनिहरु शक्तिशाली राज्यमा गाभिनेक्रम तीब्र भएको थियो। त्यो समयमा राज्यसत्ता हत्याउन कुलघात र पितृघात सामान्य रहेको कुरा मगध राज्यमा पाँच पुस्तासम्म पितृहत्या भएबाट प्रस्ट हुन्छ।त्यस्तो समयमा पनि बुद्धका अनुयायीहरु क्रमशः बढ्दै थिए भने त्यसबेलाका शक्तिशाली राज्यका शासकहरु पनि बुद्धबाट प्रभावित हुँदै गएका थिए।
तत्कालिन समयमा १०वटा गणराज्यको चर्चा भएपनी ती राजतन्त्रात्मक राज्यमा गाभिदै थिए, शाक्य र लिच्छवि गणतन्त्र अलिक शक्तिशाली थिए। अठ्ठकथाअनुसार शाक्यहरुका आदिपुरुष प्रथमकल्पका राजा महासम्मत थिए, उनैका वंशका इक्ष्वाकु राजा भए, उनले आफ्नी जेठी पत्निका छोराछोरी लाई देश निकाला गरेपछि कपिल मुनिको आश्रम नजिकै शाकवृक्ष को जङ्गल फडानी गरेर राज्य स्थापना गरेकोले शाकबाट शाक्य भनिएको वा ू सक्या वत भो कुमाराू ९ कुमारहरु समर्थ रहेछन
भन्ने हर्षको उद्गार बाट शाक्य भनिएको जुन बुद्धको वम्श हो। इक्ष्वाकुका राजकुमारहरुले जेठी दिदिलाई राजमाता बनाए र अरुले रक्तसम्बन्धी बिबाह गरे जुन त्यो समयमा समान्य मानिन्थ्यो। पछी राजमाता कुष्टरोग मुक्तभएपछी वाराणसिका राजा राम सङ्ग बिबाह भयो र कोल ९वयर० को जङ्गलमा शहर बनाएर बसेपछी कोलिय भनेर उनिहरुको वम्श चल्यो र शाक्य र कोलिय बिचमा बैवाहिक आदानप्रदान हुनथाल्यो। त्यसबेला सुर्यवशी र चन्द्रवम्शी दुईथरी क्षेत्रीय हुन्थे, बुद्धलाई आदित्यबन्धु भनेर सम्बोधन गरिनेहुदा शाक्यहरु सुर्यवम्शी भएको प्रस्ट हुन्छ।त्यो बेला प्रतिष्ठित व्यक्तिलाई गोत्रले सम्बोधन गर्ने चलन भएकोले गौतम भनेर भनियो। तर अहिले थरले सम्बोधन गरिन्छ।
बुद्धकालिन समयमा अर्को शक्तिशाली गणराज्य बज्जी वा लिच्छवि थियो, जुन गङ्गा नदिको उत्तरतर्फ पश्चिममा गण्डकी नदि देखि पूर्वमा बागमती नदिसम्म फैलिएको थियो। लिच्छविहरु निकै कर्मठ र उध्यमशिल थिए।यिनिहरुको सुखी र आनन्दी जीवन देखेर बुद्धले लिच्छविलाई देवताको परिषद सङ्ग तुलना गर्दथे।तर पछि यिनिहरुपनि सुबिधाभोगी र अल्छी हुदैगएर पतन हुने बुद्धको भबिस्यबाणी सहि भयो। बुद्धकालिन समयका अरु राज्यहरुमा अस्सक, अलक, कुरु, गान्धर, विदेह आदि राज्यहरु थिए। यी सबै राज्यमा बुद्धको धार्मिक प्रवचनको राम्रो प्रभाव पर्दै गएको थियो र अनुयायीहरु बढ्दै जानुकासाथै विहार, चैत्यको संख्या पनि बढ्दै गएको थियो।
बुद्धकालिन समयमा राज्यव्यवस्था सन्चालन राजाले अमात्य र अन्य भारदारको सहयोगमा गर्दथे।पिताले सन्तानको रक्षा गरेजस्तै राजाले देश र जनताको रक्षा गर्नुपर्छ भन्ने मान्यता थियो।राजा र प्रजा दुबै धार्मिक भएको राज्यमात्रै सुखी र सम्पन्न हुने मान्यता थियो। अमात्य वा मन्त्री धिर, अर्थको जानकार, जुवा नखेल्ने, मदिरा सेवन नगर्ने, नठग्ने, धनको रक्षा गर्ने हुनुपर्छ भन्ने जातकमा उल्लेख छ। राज्य सन्चालनमा जनमतको सम्मान गरिन्थ्यो र मत बिभाजनबाट निर्णयमा पुगिन्थ्यो।राज्यको सुरक्षाको लागि बलियो सैन्यशक्ती अनिवार्य मानिन्थ्यो। राजालाई सधै राज्य बिस्तार र सिमा सुरक्षाको चिन्ता हुन्थ्यो। राज्यको सुरक्षाको लागि दक्ष सैनिक सङ्गै हात्ती र घोडाको पनि धेरै महत्व हुन्थ्यो। युद्धमा धनुषवाणको साथै ढालतरवार, भाला,चक्कु र वाणमा विष लगाएर प्रयोग गरिन्थ्यो। युद्धमा बिरता देखाउने सैनिकलाई पुरस्कारको व्यवस्था हुन्थ्यो।राजधानीको सुरक्षाको लागि चारैतिर पर्खाल लगाइन्थ्यो।राज्यको सुरक्षाको लागि आन्तरिक र वाह्य जासुसहरुको परिचालन गरिन्थ्यो।
बुद्धकालिन समयमा पनि आवस्यक भन्दा अधिक धन सन्चय गर्ने लोभले चोरी,हत्या, डकैती आदि असामाजिक क्रियाकलाप हुन्थे र त्यसको रोकथामका लागि न्याय प्रशासन र दण्ड व्यवस्था गरिएको थियो।बुद्धकालिन समयको चोरी डकैतीको प्रसङ्ग आउदा अङुलिमालको सम्झना हुन्छ, जस्को वास्तविक नाम अहिसक हो, उ एक हजार व्यक्तिको हत्या गर्ने गुरुको आदेश पालना गर्दा गणनाको लागि हत्या गरेका मानिसको औंलाको माला लगाउदा अङुलिमाल नामले प्रख्यात भए। बुद्धको निर्भीकता र आत्मबल देखेर आफ्नो कुकर्म छोडेर बुद्धको अनुयायी भएको अङ्गुलिमाललाई राजा प्रसेनजितले पनि नियन्त्रण गर्न असफल भएका थिए।त्यसबेला धर्म र प्रचलित परम्परा को आधारमा न्यायाधीशले न्याय गर्दथे। लिच्छविहरुले दण्डसहिताको आधारमा न्याय गर्नेहुदा यिनिहरुको न्याय व्यवस्था राम्रो मानिन्थ्यो। झगडाको छिनोफानोको लागि पहिले ग्रामभोजककहा जान्थे त्यसमा चित्त नबुझे क्रमशः त्यो भन्दा माथी हुँदै राजाको आदेश अन्तिम हुन्थ्यो। सजाय सम्झाई बुझाई गर्नेदेखि अमानवीय दण्ड र मृत्युदण्ड सम्म हुन्थ्यो।
बुद्धका अनुसार आर्थिक असमानताले समाजमा पापको सृजना हुन्छ। त्यो समयमा पनि कोहि असाध्यै गरिब र कोहि राजा भन्दापनी धनी थिए। त्यसबेला राजा बिम्बिसारभन्दा धनी पाँच जना श्रेस्ठी थिए।तत्कालीन समाजमा धनको असमान वितरणले धनी र गरिब बिचको खाडल समाजमा थियो। बुद्धले आफ्नो कमाईको एकभाग उपभोग गर्ने, दुईभाग लगानी गर्ने र बाकी एकभाग भबिष्यको लागि संचित गर्ने सल्लाह दिन्थे।तत्कालीन समयमा करलाई बलि भनिन्थ्यो र यो उत्पादन, व्यापार, सेवा आदिमा लगाइन्थ्यो। बुद्ध जन्मेको ठाउँमा करको रुपमा लिइने आठौं कर माफ गरिएको अशोकस्तम्भमा उल्लेख छ।त्यो बेला बस्तु बिनिमय सङ्गसङ्गै तामाको मुद्रापनी प्रचलनमा थियो।
पाली त्रिपिटकमा उल्लेख भए अनुसार बुद्ध परम्परा दिपङ्कर बुद्ध बाट सुरु भएर गौतम बुद्व २५औ बुद्ध हुन तर बुद्ध स्वयं ले सात बुद्ध परम्परामा आफू सातौ बुद्ध भएको उल्लेख गरेका छन। बुद्धका तीन श्रेणी मानिएका छन ( सम्यक सम्बुद्ध, प्रत्येक बुद्ध श्रावक बुद्ध । गौतम बुद्ध सम्यक सम्बुद्ध हुन जो कसैले आख्यान नगरेको मार्गका ज्ञाता र व्याख्याता थिए। त्रिपिटक अठ्ठकथामा उल्लेख भए अनुसार इपु ५६३ मा कपिलवस्तुको राजा शुद्दोधन र मायादेवी बाट सिद्धार्थ गौतमको जन्म भएको र उनको जन्मको समयमा अलौकिक घटनाहरु भएको उल्लेख छ, जुन अस्वभाविक लाग्छ।जन्मको सातदिनमा आमा मायादेवी को मृत्यु भएकोले सानिआमा महाप्रजापतिले उनलाई हुर्काउने काम गरिन।१६ बर्षको उमेरमा देवदहका शाक्री सुप्रबुद्धकी समवयस्क कन्या यशोधरा सङ्ग बिबाह भयो र उनिहरुको २९ बर्षमा छोरा राहुलको जन्म भयो। राजा सुद्दोधनले छोरा निवृतिमार्गमा नलागोस भनेर ऐश आराम र महिलामा भुलाउनको लागि उनको दरवारमा महिला सेविकामात्र राखेका थिए। बुद्धको गृहत्यागको प्रसङ्गमा रोगी,वृद्ध, सन्यासी र मृत मनुष्य देखेर गृह छोडेको प्रसङ्गमा सन्देह प्रकट गर्दछन र बुद्धका काकाका छोरा भिक्षु आनन्दको कुरालाई बिश्वास गर्दछन। भिक्षु आनन्दका अनुसार गृही जीवन विध्नबाधाले भरिएको र बन्धन्युक्त भएको तर प्रव्रजित जीवन स्वतन्त्र पन्छिको लागि खुला आकाश जस्तै लागेकोले सानिआमा र पिताजी, श्रीमती सङ्ग विद्रोह गरेर सन्यासी वस्त्र धारण गरेर घर छोडेका हुन, मध्यरातमा कसैलाई थहा नदिई हिडेका होइनन। गृहत्याग गरेको ६ बर्ष पछि सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको त्रिपिटकमा उल्लेख छ। तत्कालीन समयमा तपस्विहरुले कठोर तपस्या गर्ने र शरीरलाई दुख दिने प्रचलन लाई सिद्धार्थले पनि निरन्तरता दिए तर यस्तो क्रियाले शारीरिक कष्ट बाहेक केही प्राप्त हुदैन भन्ने महसुस गरि सुजाता नाउँ गरेकी महिलाले दिएको खिर खाएर पिपलको बोटमुनी बसिरहेका अवस्थामा उनले बुद्धत्व प्राप्त गरे र त्यो ज्ञान आफ्ना साथी कौडिन्य सहितका पाँच जनालाई प्रथम उपदेश दिए जसलाई ू धर्मचक्रप्रवर्तनू भनिन्छ। बुद्धले पहिलो धार्मिक प्रवचनमा सन्सारमा दुख छ, दुखको कारण छ, तृष्णा दुखको कारण हो र दुख निरोधको उपाय छ, त्यो अष्टाङ्गिक मार्ग हो भनेर उल्लेख गरे। यहि सन्देश फैलाउन कौडिन्य सहितका पाँच जना अनुयायी लाई चारैतिर पठाए।र बुद्धले आफ्नो प्रवचनको अभ्यास गर्न भने व्यक्ती र मुर्तिपुजा नगर्नु भनेपनी कालान्तरमा मुर्तिपुजा बढ्दै गयो।बुद्धले आफ्नो धार्मिक मन्तव्यको क्रममा कार्य कारण सम्बन्धलाई आधारित गरेर प्रवचन दिएका छन। जस्ले जस्तो कर्म गर्छ, उसले त्यही अनुसारको फल पाउछ। राम्रो काम गरे राम्रै र नराम्रो काम गरे नराम्रै फल भोग्नु पर्ने त्यसलाई कसैले पनि परिवर्तन गर्न नसक्ने बुद्धको मत छ। कसैले आफुलाई हतियारले प्रहार गरे दुख्छ, त्यस्तै अरुलाई पनि दुख्छ।त्यसकारण अहिशा सर्वोत्तम मार्ग हो। बुद्धले व्यक्तिको विवेकलाई सर्बोच्च र स्वतन्त्र मान्दै आफैले छानविन गरेर मात्र कुनै कुरा स्विकार्नु पर्छ, अरु कसैले भन्यो भनेर वा सुनेको वा परम्पराको नाममा स्विकार्नु उचित हुदैन।
गृहस्थिमा रहदा चित्त इन्द्रिय सुखका पछाडि दौडने हुन्छ,मनलाई एकाग्र गर्न सकिन्न। त्यसकारण भिक्षु भिक्षुणी संघमा रहनु परेको हो । भिक्षुत्व ग्रहण गरेको अवधिको आधारमा भिक्षुलाई ३ श्रेणी मा बिभाजित गरिन्छ( भिक्षु भएको १० बर्ष भएको लाई स्थविर, ५ बर्ष भएकोलाई मज्झिम र ५ बर्ष भन्दा कमलाई नवक भनिन्छ।भिक्षुहरु आषाढ पूर्णिमा देखि आश्विन पूर्णिमा सम्म ३ महिना एकै ठाउमा बस्छन जसलाई बर्षाबास भनिन्छ।बर्षाबासको अन्त्यमा भिक्षुले गर्ने प्रायश्चित्त कर्मलाई प्रवारण भनिन्छ। बर्षाबास गर्नुको प्रमुख कारण बर्षायाममा देशाटन गर्दा किरा फट्याङ्ग्रा कुल्चेर मर्छन भनेर हो।मगधका राजा बिम्बासारले भिक्षु बन्नेलाई सरकारी ऋण , सजाय माफी गरिदिएकाले त्यसबेला अल्छि, फटाहा, गरिब, अपराधी आदि पनि सजायबाट वचन भिक्षु बन्दथे र संघलाई आलोचित बनाउदथे।त्यसपछी बुद्धले उपर्युक्त व्यक्तिहरूलाई भिक्षु बनाउन नपाइने नियम बनाए। भिक्षुका वस्त्र, भोजन, आवास र ओखतीमुलो गृहस्थले पूरा गरिदिन्थे।भिक्षुहरुको आफ्नो लगाउने कपडा र अन्य केही सामान बाहेक निजि केही हुदैनथियो। जे जति भिक्षामा प्राप्त हुन्थ्यो त्यो संघको हुन्थ्यो। व्यक्ति भन्दा संघ को महत्व बढी हुन्थ्यो ।त्यसकारण संघमा मनोमालिन्य कमै हुन्थ्यो। भिक्षुको जीवनमा महिलासङ्गको सहवास बर्जित थियो। त्यसैल्व बुद्धले भिक्षुहरुले महिला लाई नहेर्ने, नबोल्ने, र बोल्नै परेपनि सम्यमित भएर वार्तालाप गर्नु भनेका थिए।भिक्षुहरुले भिक्षा मागेर आफ्नो पेट भर्नु पर्थ्यो। त्यसबेला भिक्षामा जे पाकेको छ, त्यही दान गरिन्थ्यो। कहिलेकाही माछा मासु पनि भिक्षापात्रमा पर्दथ्यो, त्यो खान बर्जित थिएन तर बुध्द भिक्षुको लागिनै भनेर कसैले जीव हत्या गरेको छ भने त्यो माछा मासु भने बुद्ध भिक्षुलाई खान वर्जित गरिएको थियो।
बुद्धकि सानिआमा प्रजापती गौतमिले आफ्ना खलकका धेरै सदस्यहरु भिक्षु भएर हिडेपछी गृहस्थी जीवनमा बैराग्य उत्पन्न भएर बुद्ध कपिलवस्तु आएको मौका छोपी आफुपनी भिक्षुणी बन्ने ३ पटक प्रस्ताव गर्दा पनि बुद्ध सहमत नभएपछी आफ्ना सहयोगी शाक्य महिलाहरुको समूह कपाल मुन्डन गरेर बुद्धको पछि लाग्छन, उनिहरुको यस्तो समर्पण र भिक्षु आनन्दको करबलले बुद्धले आठवटा सर्त पालना गर्ने सर्तमा भिक्षुणी संघ स्थापना गर्दछन। भिक्षुणी संघ स्थापना गर्दा आउन सक्ने समस्याको बारेमा बुद्ध सचेत रहेकोले नै उनले आनाकानी गरेको पछिका केही घटनाले प्रष्ट पार्यो।
बुद्धकालिन समयमा वैदिक धर्म र यज्ञयागको प्रचलन थियो। त्यसबेला वर्णव्यवस्था, देवस्तुती र प्रकृतिपूजाको प्रचलन थियो।देव र पितृलाई खुसिपार्न आगोको पूजा गर्ने र हवन गर्ने प्रचलन समाजमा व्यापक थियो। जब पशुवलिको प्रचलन सुरुभयो त्यसपछि यज्ञयागले विकृतिकोरुप धारण गर्यो त्यसको बुद्धले सशक्त प्रतिवाद गरे। यज्ञ खर्चिलो हुनुको साथै यसले सर्वसाधारणलाई बिना पारिश्रमिक काम गर्न वाध्य बनाउदथ्यो जसको सर्वसाधारण विरोध गर्न सक्दैन थिए, बुद्धले बिरोध गर्दा खुसिनै हुन्थे।अठ्ठकथाका अनुसार बुद्धकालिन समाजमा ६३ प्रकारका धार्मिक सम्प्रदाय प्रचलनमा थिए।एकपटक कपिलवस्तु आएकोबेला धर्मको बारेमा शैद्धान्तिक मतभिन्नता भएकोले आफ्नै दाजुभाइ खलकमा एकरात बास बस्ने ठाउँ पाउदैनन ।असल कर्म, ज्ञानमार्गको अवलम्बन, धर्म अनुकुल आचरण आदिले मात्र व्यक्ती शुद्ध हुन्छ, उच्च जातिमा वा धनी परिवारमा जन्मेर मानिस शुद्ध हुदैन भन्ने बुद्धको भनाईवाट सर्वसाधारण प्रभावित हुँदै गएका थिए।बुद्धकालिन समयमा छ्वटा धार्मिक संगठन प्रचलनमा रहेको भएतापनी जैन सम्प्रदाय अलि बढी प्रभवशाली थियो तर आचार्य जैन धर्मका तीर्थङ्कर महावीर स्वामी , जसको नाम निगण्ठ नाटपुत्त थियो। बुद्ध र जैन सम्प्रदायका बिचमा मेल थिएन, एउटाले अर्काको आलोचना गर्दथे।शास्थ्रार्थमा बुद्धसङ्ग हारेपछी अन्य सम्प्रदायबाट आएका पनि बुद्धको चेला बन्थे भने आचार्यहरुलाई आफ्ना चेला जोगाउन हम्मेहम्मे पर्थ्यो।अन्य सम्प्रदायका गुरुहरु काल्पनिक पाप पुन्य, स्वर्ग नर्कका कुरा गर्दथे भने बुद्ध कारण र प्रभाव सहित घटनाको व्याख्या गर्दथे, जसलेगर्दा बुद्धका अनुयायी दिनप्रतिदिन बढ्दै गएका थिए।तर वैदिक ब्राह्मणहरु समाजमा शक्तिशाली समुहको रुपमा रहेकाले बुद्धलाई झुटो आरोप लगाएर भएपनी आलोचित बनाउने प्रयत्न बुद्धको महापरिनिर्वाण पछिपनी चलिरह्यो। त्यसैको उपजकोरुपमा इपु तेश्रो सताब्दीमा लेखिएको बाल्मिकिको रामायणमा बुद्धको आलोचना गरिएको र वैदिक धर्मशास्त्रमा बुद्धलाई बिष्णुको नवौ अवतारकोरुपमा उल्लेख गरेर वैदिक परम्पराकै एउटा सम्सकरणकोरुपमा व्याख्या गरियो।
क्रमस ............