गुठिचौरमा रक्सी पिउन लाइसेन्स अनिवार्य
जुम्लाको गुठिचौर गाउँपालिकामा रक्सी सेवन गर्नेहरुले १ भदौ २०८० अगाडि नै मदिरा (रक्सी) सेवन कार्ड लिनु पर्ने भएको छ । यस गाउँपालिकाको मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास भएसँगै यो नियम कार्यान्वयनमा आउने भएको हो ।
गाउँपालिकाले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ । गाउँपालिकाका अनुसार रक्सी सेवन गर्न चाहनेले साउन भित्रै यस्तो कार्ड लिनुपर्ने भएको छ । पाहुना आएका व्यक्तिले रक्सी सेवन गर्न चाहेमा अतिथि मदिरा सेवन कार्ड लिनुपर्ने समेत गाउँपालिकाले जनाएको छ । रक्सीको बिक्री वितरणका लागि इजाजत अनिवार्य गर्दै गाउँपालिकाले यस्तो इजाजत लिन, नवीकरणको काम समेत साउन भित्रै गरिसक्न सूचित गरेको छ ।