मनाइयो आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती
१८७१ सालमा आजकै दिन जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि थिए। उनले वाल्मीकि रामायणको अनुवाद गरेका थिए।
उनको मोतिराम भट्टले नेपाली साहित्यमा चिनारी थप्ने काम गरेका हुन्।
उनले प्रश्नोत्तर (१९१०), भक्तमाला (१९१०), वधूशिक्षा (१९१९) लगायतका कृति लेखेका थिए।
आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले शुक्रबार प्रभातफेरीको आयोजना गरेको थियो।
प्रभातफेरीमा साहित्यानुरागीका अतिरिक्त सुरक्षा निकाय र विभिन्न स्कुल, कलेजका विद्यार्थीहरूको सहभागिता थियो।
प्रभातफेरी कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि सहभागी थिए।
भानुभक्तको मृत्यु १९२५ असोज ६ गते तनहुँको सतीघाटमा भएको थियो।