आज यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ।
हाल देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश, लुम्बिनी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिक देखी सामान्य बदली रही देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राती कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भाग एक-दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मनसुनी रेखा सरदर स्थानभन्दा तल पुगेपछि केही दिन भारी वर्षा नहुने महाशाखाले जनाएको छ।
हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै रहेकाले वर्षाका कारण हुनसक्ने क्षति र त्यसबाट बँच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।