सुदूरपश्चिमकै सर्वोत्कृष्ट कृषक बडायक : मिश्रित खेतीले बनायो नायक
कञ्चनपुरको बेलौरी नगरपालिकाका कृषक आसरे राम बडायक सुदूरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट कृषकको रूपमा सम्मानित भएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उनलाई डेढ लाख राशिको भीमदत्त प्रदेश सर्वोत्कृष्ट कृषकको सम्मान दिएको हो ।
यसैबीच कैलालीका पहलमान देउवा, बैतडीका जयन्ती भाट, डडेलधुराका प्रिन्सराज अवस्थी र डडेलधुराकै प्रसाद दत्त अवस्थीलाई जनही ७५ हजार राशिको उत्कृष्ट पुरस्कारबाट सम्मानित गरियो । ती उत्कृष्ट किसानहरुलाई मुख्यमन्त्री कमलबहादुर शाहले सम्मानित गरेका हुन् ।