समाजवादको आधार निर्माणमा केन्द्रित हुनुपर्छ प्रधानमन्त्री दाहाल
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलेसिर्जनात्मककर्मसमेत समाजवादको वैचारिक एवं सांस्कृतिकआधार निर्माणमा केन्द्रित रहनुपर्ने बताएका छन् ।
सोमबार बिहानपुष्पलाल प्रतिष्ठानद्वारा आयोजितपुष्पलाल राष्ट्रिय पुरस्कार २०७९ समर्पण समारोहलाई सम्बोधनगर्दै प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादोन्मुख राज्यनिर्माणको संकल्प गरिसकेको भन्दै सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिकआधार निर्माणमा केन्द्रितरहनु पर्ने बताए ।
उनले भने, ‘राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमाभएको सिर्जनशीलताले देशको सर्वोपरि विकास, समृद्ध समाज निमाणर्मा मद्दत पुग्दछ । जनताको त्याग र बलिदानबाट निर्मित संविधानले समाजवादउन्मुखराज्य निमाणर्को संकल्प गरिसकेका कारण सिर्जनाहरुसमेत समाजवादको वैचारीक एवम् सांस्कृतिकआधार निमाणर्मा केन्द्रीतरहनु पर्नेमा सायदै हामी कसैको विमतिहोला।’
उनले पुष्पलाल राष्ट्रिय पुरस्कार प्राप्तव्यक्तिहरुले समाजवादी संस्कृति निमाणर्को कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनकापक्षमाश्रम संस्कृतिको विकासमा महत्वपूणर् योगदानपुर्याउने विश्वासलिएको पनिबताए ।
उनले भने, ‘समाजवादी संस्कृति निमाणर्को कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनकापक्षमाश्रम संस्कृतिको विकास गर्न समेत पुरस्कृतिहुने व्यक्तिहरुबाट महत्वपूणर् योगदानहुने विश्वास राखेको छु । ’
प्रधानमन्त्री प्रचण्डले कम्युनिष्ट आन्दोलन मात्रै नभएर सिङ्गो राजनीतिकआन्दोलनमापुष्पलालको योगदाननिकै विशिष्ट रहेको स्मरणगर्दै समग्र लोकतान्त्रिकआन्दोलनको र लोकतन्त्रप्राप्तीको मार्गदर्शन गर्ने कुरामापनिपुष्पलालको भूमिकामहत्वर्पूणर् रहेको बताए ।
यस्तै कार्यक्रममानेकपाएकीकृत समाजवादकाअध्यक्षमाधवकुमार नेपाललेपुष्पलाल नेपाली राजनीतिकोशिखर व्यक्तित्वभएको बताए ।
कम्युनिष्ट आन्दोलनको सुरुवातकर्ता मात्रै नभएर नेपालको लोकतान्त्रिकआन्दोलनको पनिउच्चव्यक्तिको रुपमारहेको उनको भनाई छ ।
उक्तकार्यक्रममासंस्कृति, पर्यटन तथानागरिक उड्डयनमन्त्रीसुदन किराँतीले नेपाली समाजको प्रारम्भीकअध्यन गरेर नेपाली समाजलाई समाजवादसम्म पुर्याउनुप्रमुखकार्यभर भएको उनको भनाई छ ।
उनले भने, ‘नेपाली समाजको प्रारम्भीकअध्यन गर्न पर्छ र नेपाली समाजलाई समाजवादसम्म पुर्याउनै पर्छ यो हाम्रो कार्यभार हो । पुष्पलालको पहिलो सपना सयुक्त मोर्चा गठन गरेर राजतन्त्रअन्त्य गर्ने, दोस्रो नौलो जनवाद स्थापना गर्ने, तेस्रो समाजवाद स्थापना गर्ने र चौथो नेपाली समाज र इतिहासको वृहतअध्यन गर्ने सपनाथियो जुन अपुरो नै छ ।’
उक्तकार्यक्रममापुष्पलाल स्मृति राष्ट्रिय पुरस्कार राजनैतिकविषयगतमावलचन्द्र मिश्र,साहित्यतथा संस्कृतितर्फ कमल प्रसाद कोइराला र इतिहास विषयतर्फ गोपालप्रसाद थपलीयालाई जनही रु १ लाखनगद सहित पुरस्कृत गरीएको थियो ।