आइसल्याण्डमा कामसँगै एसियाली खेलकुदको तयारीमा छन् गणेश
चीनको हान्झाउमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुने १९औं एसियाली खेलकुदको र्याफ्टिङ एण्ड क्यानोइङमा गणेश गुरुङले नेपालको प्रतिनिधित्व गर्ने छन् ।
यो विधाका उनी एक्लो खेलाडी हुन् । एसियाली खेलकुदमा नेपालले भाग लिने खेलको सूचीमा सुरुमा क्यानोइङ थिएन । तर पछि राष्ट्रिय खेलकुद परिषदले सम्बन्धित संघको रिपोर्ट र सिफारिसका आधारमा थपिएका ६ खेलमा क्यानोइङ पनि पर्यो ।
यसअघि सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औं एसियाली खेलकुदमा निमबहादुर मगरले क्यानोइङमा सहभागिता जनाएका थिए ।