सुन प्रकरणमा कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा
प्रतिनिधिसभामा नेपाली कांग्रेसकै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एक क्वीन्टल सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।
‘उहाँहरुले भरियामात्र होइन, मुख्य दोषीलाई पक्डियौं भन्नुपथ्र्यो, समय लिने हो भने ३ दिन ५ दिनभित्र समात्छु भन्न सक्नुपथ्र्यो’ उनले भने, ‘होइन भने अनुसन्धान प्रक्रिया सहज बनाउन, सुनको मालिक पत्ता नलागेसम्म उहाँहरुले राजीनामा दिनुपर्छ ।’
उनले प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्ड फर्केपछि आफू यो विषय उठाएर आमरण अनसन बस्ने बताए ।