शीर्ष नेताहरुको छलफल जारी रहँदा १ बजे बोलाइएको संसद बैठक अन्योलमा
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले संघीय संसदको जारी गतिरोध हटाउन पहलथालेका छन् ।
अवरुद्ध संसद खुलाउने बारेमासिंहदरबारमाप्रधानमन्त्रीदाहाल, नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीबीच सिंहदरबारमा छलफल जारी छ ।
यस अघि आज बसेको राष्ट्रिय सभाको बैठक स्थगितभएको छ । तर अहिले १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक भने अन्योलमा परेको छ ।
सिंहदरबारमा छलफल जारी रहेको कारण बैठक पूर्व निर्धारित समय १ बजे नै सुरु नहुने अवस्था देखिएको छ ।
संसद सचिवालयकासह- सचिवएवं प्रवक्ता एकरामगिरीले बैठकको बारेमा सूचनानिकाल्ने या के गर्ने भन्ने बारेमा केहीनिर्देशनआइनसकेको बताए ।