चर्चित भ्रष्टाचार काण्डका फाइल लेखा समितिलाई दिनुपर्छ :अर्जुन नरसिंह केसी
सार्वजनिक लेखा समितिको जेष्ठ सदस्यअर्जुन नरसिंह केसीले संसदीय समितिले निणर्य गरेका विषयमा सरकारले हलुका रुपमालिने गरेकोप्रतिगुनासो गरेका छन् ।
आइतबार समिति सभाकक्ष सिंहदरबारमा बसेको बैठकमा केसीले संसदको समितिमापारित गरेर पठाएको कुराको टुंगो सरकारले नलगाउनु समितिकै अपमानगर्नु सरह रहेको बताए ।
उनले भने, ‘संसदको समितिले पारित गरेका कुरा समितिलाई संसदले नै गलत सावित गरे एउटा कुरा हो नत्र संसद सरह अधिकार प्रयोग गरेर समितिले निणर्य गरेर पठाएको कुरा कुनै टुंगो नलगाउने कुरा हेलचेक््रयाइँमात्रहोइन् संसदीय समितिको अपमानहो । विशेषाधिकारको अपहरण हो ।’
उनले विषयगत रुपमा समितिमाआएमाविषयलाई टुंगे लगाउनुपर्नेमाजोड दिदै चर्चित भ्रष्टाचारका काण्डमा भएका निणर्य र विवरण सचिवालयले उपलब्ध गराउनुपर्ने माग गरे ।
‘खासगरि चर्चित भ्रष्टाचार काण्डका फाइलहरुको सम्बन्धमाविस्तृत विवरण यो समितिलाई दिनुपर्छ । के निणर्य भयो र त्यसलाई उल्ट्याउछौं भनेको होइन,तर जुन कुराको निणर्य भएर सरकार वा संवैधानिकनिकायजसले त्यसलाई जहाँजुन लेवलबाट थन्क्याएर राखिरहेको छ त्यो मागेको बेलाउपलब्ध गराउनुपर्छ। संसदको समितिलाई अपमानगर्ने अधिकार कुनै संग छैन्’, केसीले भने ।
त्यस्तै उनले समितिको आन्तरिक कार्यविधि २०८० यसै सातापास गराएर बार्षिक क्यालेण्डर निर्माण गर्ने पनिबताएका छन् ।
उनले भने, ‘अहिले सबभन्दा ठूलो समस्या संसदको सबै सदस्यहरु (समायोजन) एकत्रितगर्नुपर्ने हुन्छ । त्यो नभईहामीले अहिले तोकिदिदा बडो असजिलो हुन्छ । यहिहप्ताभित्रबिहान,दिउँसो,बेलुकाजुनै बेलापनिहुन सक्छ,संसदसंग समन्वय गरेर अर्को बैठकमा कार्यविधिलाई पारित गर्ने हो ।’
आज बसेको बैठकमा कार्यविधिनिर्माण उपसमितिका संयोजकले कार्यविधिको मस्यौदा छलफलका लागि प्रस्तुत गरे । उक्तकार्यविधिलाई आजै पारित गर्ने भनिएपनित्यो हुन सकेन् ।
समितिको जेष्ठ सदस्यको हैसियतले बैठकको अध्यक्षता गरेका अर्जुन नरसिंह केसीले समितिले वार्षिक कार्यक्रमबनाएरै अघि बढ्नुपर्नेमाजोड दिदै कार्यविधिनिर्माण संगै समितिलाई पनिकानूनीप्रकृयाअनुसार पूरा गर्नुपर्ने बताए ।
‘वार्षिक क्यालेण्डर बनाएर अगाडि बढ्नुपर्ने जुन कुरा समितिमा उठेको छ,त्यो अत्यन्त जरुरी छ । त्यसको कार्यान्वयनको लागिपहिलाहाम्रो कार्यविधिअन्तिम टुंगोमा पुग्नुपर्छ। र कार्यविधिमात्रहोइन्,सबैको चाहनाभनेको समितिको नेतृत्वपनि सकेसम्म चाँडै प्रकृयागत रुपले सुरु होस् ।’
त्यस्तै, उनले महालेखा परीक्षकले देखाएको बेरुजुलाई भ्रष्ट मानसिकताले भएको बेरुजु र प्रकृयागतगल्तीका कारण दुई भागमा राखेर समितिले अध्ययनगरि छिटो बेरुजुको विषयमा समितिले तदारुकताको साथलागेर कामको छिनोफानो गर्नुपर्नेमाजोड दिए ।