शीर्ष नेताबीच सदन खुलाउने सहमति, प्रधानमन्त्रीले सदनमा सम्बोधन गर्दै
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले आजप्रतिनिधि सभा बैठक (सदन)मागएर स्पष्टिकरण दिने भएका छन् ।
सिंहदरबारमा सोमवार बसेको शीर्ष नेतासंगको बैठकपछि प्रधानमन्त्रीदाहालले संसदको गतिरोध अन्त्यकालागिसंसदमागएर प्रस्टिकरण दिने बताए ।
उनले भने, ‘ म सदनजाँदै छु बोल्नलाई’।
प्रधानमन्त्रीदाहालउनको पछिल्लो अभिव्यक्तिकाकारण विवादित बनेसंगै एमाले,रास्वपालगायतकादलले संसद अवरुद्ध गर्दै आएकाथिए । उक्तगतिरोध अन्त्यकालागिदाहालले सदनमागएर जवाफदिने भएका छन् ।
सिंहदरबारमाप्रधामन्त्री समेत रहेका माओवादी केन्द्रकाअध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपीओलीबीच छलफल भएको थियो । सो क्रममाप्रधानमन्त्रीले गल्ति स्विकार्दै सदनलाई सम्बोधनगर्ने सहमतिभएको बताइएको छ ।