मौद्रिक नीतिको प्रभाव सेयर बजारमा, ६३ अंकले बढेर नेप्से सूचक २२ सय २७ अंकको विन्दुमा
मौद्रिक नीतिको प्रभाव आइतबारको सेयर बजारमा परेको छ । केन्द्रीय बैंकले बैंक व्याजदरसहित धरजग्गा, गाडीसँगै धितोपत्र कर्जा (मार्जिन लेन्डिङ) को जोखिमभारलाई केही परिमार्जन गर्ने बताएसँगै सेयर बजारले आक्रामक रुप धारण गरेको हो ।
आज सेयर बजार परिसूचक नेप्से ६३.२४ अंकले बढ्दै २२ सय २७.१६ अंकको विन्दुमा उक्लिएको छ । यस्तै कारोबार समेत बढेर आज एकैदिन ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर किनबेच भएको छ ।