नेकपा एमालेको संसदीय दलको बैठक बस्दै, शीर्ष नेताबीचको छलफ
नेकपाएमालेको संसदीयदलको बैठक अहिले केही बेरमा बस्ने भएको छ ।
संसद अवरोध खुलाउने बारे सिंहदरबारमाजारी शीर्ष नेताहरुको बैठक पछि बस्ने गरी संसदीयदलको बैठक बोलाइएको छ ।
एमाले संसदीयदलको कार्यालय अनुसार बैठक २ बजे बस्ने गरी बोलाइएपनिशीर्ष नेताहरुको जारी बैठक पछि मात्र बस्ने छ ।
अवरुद्ध संसद खुलाउने बारे प्रधानमन्त्रीएवं नेकपामाओवादी केन्द्र्रका अध्यक्षपुष्पकमलदाहाल प्रचण्ड, नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपीओलीबीच सिंहदरबारमा छलफल जारी छ ।
यस अघि हिजो बसेको बैठकले संसद खुलाउने सहमति जुटाएपनि पछि एमाले सांसदहरुको असहमति पछि बैठक बस्न सकेन ।
आजअपरान्ह३ बजेका लागि संसद (प्रतिनिधिसभा) बैठक बेलाइएको छ ।