दुषित मनशाय राखेर प्रधानमन्त्री दाहालको राजीनामा मागियो : सचिवालय
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डको विवादास्पदअभिव्यक्तिबारे सचिवालयले खण्डन गरेको छ । प्रधानमन्त्रीदाहालले भ्रष्टाचार र जनताकापक्षमा सञ्चालन गरेको अभियान रोक्नलाई नियोजित रुपमा संकुचित राजनीतिकमानसिकताभएकाले प्रष्टीकरण दिने मौका समेत नदिई प्रधानमन्त्रीको राजीनामामागगरिएको भन्दै खण्डन गरेको छ ।
बिहीबार प्रधानमन्त्रीदाहालको प्रेस सल्लाहकार गोविन्दआचार्यद्वारा जारी विज्ञप्तिमा प्रचण्डको अभिव्यक्तिलाई अपव्याख्यागरि राजनीतिक आडमा स्वार्थ पूरा गर्न खोजेको प्रति सचिवालयको ध्यानाकर्षण भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीपुष्पकमलदाहाल ‘प्रचण्ड’ले २०८० असार १८ गते काठमाडौंमाआयोजित एक कार्यक्रममा सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएकोतर्फ गम्भीर ध्यानाकर्षण भएको छ ।’
उक्त विज्ञप्तिमा प्रधानमन्त्रीदाहाल र प्रितम सिंहको पारिवारिक सम्बन्ध घनिष्ट र भावनात्मक रहेको कारण पुस्तकलोकार्पणको क्रममाप्रधानमन्त्रीले प्रसंगवशउक्तअभिव्यक्तिदिएको स्पष्टोक्ति छ । तर, भावनात्मकअभिव्यक्तिलाई बंगाएर अतिशयोक्तिपूणर् राजनीतिकरण गरि राजीनामामागिनु निरर्थक र दुःखद् भएको उल्लेख गरिएको छ ।
‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरुद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिकालागि सरकारले चालेका कामबाट ‘केहीहुँदैन’भन्ने निराशावादीमनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आशलाग्दो वातावरण सिर्जना भइरहेको बेलाप्रधानमन्त्रीको राजीनामामागिनु भ्रष्टाचार र जनताकापक्षमा सञ्चालितअभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट नै छ ।’
त्यस्तै, संकुचित राजनीतिकमानसिकताले प्रधानमन्त्रीको राजीनामामागेर एमालेले संसद अवरुद्ध गर्नु सुशासन, समृद्धि र सामाजिकन्यायकापक्षमा सरकारले चालेका कदमको बिरोध र सिंगो संसदको अपमानभएको सचिवालयले आरोप लगाएको छ ।