अधिवक्ता शीतल पाण्डे ‘भगवती’ विरूद्ध पक्राउ पूर्जी जारी
विवादास्पद अभव्यक्ति दिएर चर्चामा आएकी अधिवक्ता शीतल पाण्डे (भगवती)विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
पाण्डेविरूद्ध चार दिनअघि तामाङ, मगर समुदायका समूहले उजुरीको आधारमा अधिवक्ता पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी भएको काठमाडौं प्रहरी परिसरका प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल अधिकारीले जानकारी दिए ।
जातीय भेदभावसहित दुईवटा कसुरमा कारबाही गर्न पाण्डेविरुद्ध जाहेरी परेको छ। यसबारेमा हामीले पक्राउ पुर्जी जारी गरेका छौं।’
पाण्डेको खोजी भइरहेको काठमाडौं प्रहरी परिसरका डीएसपी अधिकारीले बताए ।
यसअघि प्राइम टिभीमा प्रसारित अन्तरवार्तामा पाण्डेले मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने भन्दै त्यो विज्ञानको हिसाबले गलत रहेको बताएकी थिइन् ।
उनले भनेकी थिइन्, ‘मुस्लिम, मगर, तामाङ समुदायमा दाजु बहिनीबीच विवाह हुँदो रहेछ । यस्तो विवाहले जीनमा खराबी उत्पन्न गर्छ । नजिकको सम्बन्ध पशुमा पनि बारिन्छ ।’
उक्त अन्तरवार्ता दिएपछि तामाङ र मगर समुदायभित्र निकै आलोचित बनेको थियो। साथै संसदमा पनि तामाङ र मगर समुदायका दुई महिला सांसदले उनीमाथि कारबाही माग गरेका थिए ।