नेपाल रेल्वेको सेवा विस्तार, अब भंगहा (बिजलपुरा) सम्म रुट
नेपालको एकमात्र रेल सेवा ‘नेपाल रेल्वे’ ले आजदेखि महोत्तरीको भंगहा (विजलपुरा) सम्म सेवा विस्तार गरेको छ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आइतबार एक कार्यक्रमबीच रेल सेवा विस्तार उद्घाटन गरेका हुन् ।
१५ महिनादेखि भारतको जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरसम्म रेल सेवा सञ्चालनमा थियो । आजदेखि १७ किलोमिटर दुरी थप भइ ५२ किलोमिटरको दुरीमा सेवा सञ्चालनमा आएको छ ।
गत जेठ १८ गते थप १७ किलोमिटर भागको लिक निर्माण गरेर भारतको इरकन कम्पनी लिमिटेडले नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेपछि सो क्षेत्रमा रेल सेवा विस्तार गरिएको हो । करिब २० वर्षपछि गाउँमा फेरि रेल सेवा सञ्चालन भएपछि खुसीको सीमा नै नरहेको भंगहा नगरपालिकाका मेयर संजीवकुमार साहले बताए । उनले भंगहा(बिजलपुरा) मा रेल सेवा सञ्चालन भएपछि भंगहा नगरवासीमा निकै उत्साह देखिएको बताए ।