नागरिकता विधेयक प्रमाणीकरण र आफ्नो भारत भ्रमण एकै दिन पर्नु संयोगमात्र : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकताविधेयक र आफ्नो भारत भ्रमण एकै दिन पर्नु संयोगमात्रै भएको बताएका छन् ।
बुधवार राष्ट्रिय सभामा सांसदहरुले प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकताविधेयक प्रमाणीकरण एकै दिनभएको प्रतिशंकाव्यक्तगर्दै प्रधानमन्त्रीसंग जवाफमाग गरे ।
सोहि क्रममाप्रधानमन्त्रीदाहालले नागरिकताविधेयक प्रमाणीकरण गर्ने सन्र्दभमा राष्ट्रपतिलाई आफूले सुझावमात्रै दिएको बताउँदै आफ्नो भारत भ्रमणको दिननागरिकताविधेयक प्रमाणीकरण हुनु संयोग मात्रै भएको स्पष्टीकरण दिए ।
उनले सदनमापुनःविधेयकफिर्ता पठाउँदा सदनको सार्वभौम अधिकार राष्ट्रपतिको स्वविवेकमाजाने र त्यसले संविधान र लोकतन्त्रको रक्षाको लागिभोलि खतरा आउन सक्ने भन्दै चिन्ता प्रकट गरे ।
उनले भने , ‘मानौ हामीले दुवै सदनबाट कुनै विधेयकपारित गरेपनि राष्ट्रपतिलाई मन परेन भने उहाँले पनिहोल्ड गर्दिन बाटो खुल्यो। त्यसले सदनको सार्वभौम अधिकार राष्ट्रपतिको स्वविवेकमाजाने भयो। उहाँलाई मनलागे प्रमाणीकरण गर्ने नलागे नगर्ने, भोलि संवैधानिक परिषद्ले ठूल्ठूला संवैधानिकनियुक्तिको निर्णय गर्छ, त्यो राष्ट्रपतिलाई मन नपरे प्रमाणीकरण नगरिदिने बाटो खुल्ने भयो । यही समस्या परेको छ । संविधान र लोकतन्त्रको रक्षागर्ने उपाय के हो भन्ने निकै ठूलो प्रश्न यो भित्रअन्तरनिहीत छ ।’
प्रधानमन्त्रीदाहाललेनागरिकताविधेयकलाई पुनः राष्ट्रिय सभामाल्याएर लैजाने हो भने त्यसले राष्ट्रपतिलाई स्वेच्छाचारी बनाउने भन्दै सार्वभौम अधिकार राष्ट्रपतिमा पुग्ने चिन्ताव्यक्तगरे । उनलेनागरिकताविधेयकबारेमा देखिएको मूल समस्याको समाधानगर्नलाई पनि राष्ट्रपतिलाई स्वेच्छाचारी बनाउने भन्दा सार्वभौम अधिकारको विषय सबैको चासोको विषयबनाएर समस्या समाधानगर्न गम्भीर हुनुपर्ने बताए ।
उनले सार्वभौम अधिकारको निरन्तरता सदन र सरकारको हुने भन्दै नागरिकताविधेयकबारे अदालतले स्टे अर्डर दिइसकेकाले सो बारे संविधान र लोकतन्त्रको मर्म एवंभावनाबाहिर गएर फैसलानगर्ने विश्वास व्यक्त गरे । उनले सर्वोच्चको फैसलामान्यहुने पनिबताए ।