बाढीमा फेला परेका ५७९ शवमध्ये ५११ अस्पताल पुर्याइयो
काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि फेला परेका ५७९ शवमध्ये ५११ शव विभिन्न अस्पतालमा पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझसम्म फेला परेका शवको संकलन र व्यवस्थापन जारी छ।
रसुवा, नुवाकोट, धादिङ, चितवन, तनहुँ, गोरखा तथा नवलपरासीका विभिन्न अस्पतालमा शव राखिएको प्राधिकरणले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायले खोजी, उद्धार तथा राहतलाई निरन्तरता दिइरहेका छन्। फेला परेका अन्य शवलाई पनि पायक पर्ने अस्पतालमा लैजाने र सम्बन्धित स्थानमा पुर्याउने काम भइरहेको छ।