द्वन्द्व पीडितसँग राज्यले नै माफी माग्नु पर्छ : सांसद सन्तोष परियार
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले द्वन्द्व पीडितहरुसँग राज्यले नै माफी माग्नु पर्ने धारणा व्यक्त गरेका छन् ।
मंगलवार बसेको प्रतिनिधिसभा अन्तर्गत कानून न्याय तथा मानव अधिकार समिति अन्तर्गत उपसमितिको बैठकमा भएको सत्य निरुपण मेलमिलाप आयोगवारे छलफलमा सांसद परियारले द्वन्द्व पीडितलाई सम्मान गर्ने र उनीहरुसँग राज्यले नै माफी माग्नु पर्छ भन्ने समितिको बुझाई रहेको बताए ।
उनले भने,‘ द्वन्द्व पीडितहरुलाई सम्मान गर्ने र उनीहरुसँग राज्यले नै माफी माग्नु पर्छ भन्ने समितिको बुझाई रहेको छ ।’
सांसद परियारले पीडकको अवधारणा नै न्याय नभएको भन्दै न्याय पीडितलाई दिने हो भन्ने कुरामा समिति गम्भीर रहेको बताए ।