सचेतनामूलक कार्यक्रम गरी विश्व रक्तदाता दिवस मनाइँदै
आजविश्व रक्तदातादिवस नेपालमापनिरगत सम्बन्धिविविधसचेतनामूलककार्यक्रम गरी मनाइँदैछ ।
प्रत्येकवर्षको जुन १४ तारिखकादिनविश्वभरीका देशले विश्व रक्तदातादिवस मनाउने गर्छन् । दिवसको सन्दर्भमा सरोकारवालानिकायले विभिन्न संघ सस्था संग मिलेर सुरक्षित रगत र रगतउत्पादनको आवश्यकताबारेमाआमजनमानसमासचेतनाजगाउने तथारक्तदानप्रदानगर्न प्रेरितगर्ने कार्य गर्दै र गराउँदै आएको पाइन्छ ।
यो वर्ष विरामीलाई जुनसुकै समयमाआवश्यकता पर्न सक्ने रगत र प्लाज्मादान गरेर मानवजिवनबचाउन प्रेरित गर्ने खालको नारा तय गरीविश्व रक्तदातादिवस मनाइँदै छ ।
‘नियमितरुपमा रगततथाप्लाज्मादान गरौँ, जीवनबचाउने कार्यमाहातेमालो गरौँ’ भन्ने नाराका साथमाआजविश्वभर रक्तदातादिवस मनाइँदै छ ।
पहिलो पटक मानव रगतको समूहपत्तालगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिनजुन १४ को अवसर पारेरविश्वभर रक्तदातादिवस मनाइन्छ ।
नेपालमापनिविभिन्न सङ्घसंस्था र अस्पतालहरुले रक्तदानसम्बन्धीजनचेतना फैलाउने, रगतदातालाई प्रोत्साहनगर्ने खालको रक्तदानको कार्यक्रमआयोजना गरेका छन् ।त्यस्तै,ब्लड डोनर्श एसोसिएसन नेपाललेत साताव्यापी रुपमासचेतना फैलाउने खालकाविभिन्नकार्यक्रमको आयोजनागर्दै आएको छ ।