राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत
प्रतिनिधिसभाको आजको बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले प्रस्तुत गरेको प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।
त्यसअघि विधेयकमाथिको छलफलपछि निणर्ायार्थ पेश गर्ने क्रममा गणपुरक संख्या नपुगेपछि बैठक १० मिनेटका लागि स्थगित गरेर पुन बसेको थियो ।
प्रतिनिधिसभाको अर्को बैठक यही असार १७ गते आइतबार बिहान ११ बजे बस्नेछ ।