खेल जगतलाई प्रोत्साहित गर्ने नीति सरकारले लिएको छ : उपप्रधानमन्त्री श्रेष्ठ
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले खेलकुद क्षेत्रलाई अगाडि बढाउन सरकारले खेल जगतलाई प्रोत्साहित गर्ने नीति लिएको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित १६ औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता २०८०को समापन समारोहमा गृहमन्त्री श्रेष्ठले यस्ता खालको प्रतियोगिताले खेलाडीलाई खेलजगतमा स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।