करको दायरा मात्र बढाएर अर्थतन्त्रको सुधार हुन सक्दैन् : सांसद शाही
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले करको दायर मात्र बढाएर अर्थतन्त्रको सुधार गर्न नसकिने बताएका छन् ।
आईतबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै सांसद शाहीले नीति तथा कार्यक्रम एकातिर छ , तर बजेट भने अर्को तर्फ केन्द्रित भएको बताए ।