सांसद पौडेलको सरकारलाई प्रश्न लू समस्या समाधानमा सरकारको योजना के छ?
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले, देशभर तापक्रम बढेसँगै बढेको लूको समस्या समाधानका लागि सरकारले के गरिरहेको छ भन्ने प्रश्न गरेका छन् ।
बिहीवार प्रतिनिधिसभामा शून्य समयमा उनले तातो हावा लू चल्न थालेसँगै जनजीवन प्रभावित भएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले भने,‘ तातो हावा लू चल्न थालेको र यसले जनजीवन प्रभावित पारेको छ । विद्यालयहरु बन्द भएका छन् । पानीको मुहान सुकेको छ । खेतीबाली सुकेका छन्। धानको बिउ सुकेको स्थिति छ । जमिनमुनिको पानीको सतह घटेको छ । अशुद्ध पानीका कारण महामारी फैलने जोखिम बढेको छ । यसको दिर्घकालिन समाधानको लागि सरकारले के गरिरहेको छ ?’