राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना चीन प्रस्थान
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ‘पाँचौँ चीन–तिब्बतपर्यटन तथा सांस्कृतिकप्रदर्शनी’मासहभागिहुनचीन प्रस्थान गरेका छन्।
आगामीअसार १ र २ गते हुने उक्तप्रदर्शनीमा सहभागिहुननौ सदस्यीय प्रतिनिधिमण्डलसहित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनागएरातिचीन प्रस्थान गरेका हुन्।
उनको नेतृत्वमाप्रतिनिधिसभाका सदस्यजीवन परियार, धवलशम्शेर जबरा, प्रदीपयादव, उदयबहादुर बोहोरा, दीपा गुरुङ र हरिरामचौधरी प्रतिनिधिमण्डलमा सहभागी छन्। यस्तै, उनकाप्रमुख स्वकीयसचिवगोविन्दअकेलापौडेल र सङ्घीय संसद् सचिवालयकाउपसचिव रामहरि थापापनि टोलीमा सहभागि छन् ।
कार्यक्रममा सहभागी हुनुअघि प्रतिनिधिमण्डलले बेइजिङ र साङ्घाई भ्रमण गर्नुको साथै बेइजिङमाजनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिकाअध्यक्षचाओ लिजी र चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलनकाअध्यक्षवाङ हुनिङसँग भेट र द्विपक्षीयवार्ता गर्ने कार्यक्रमरहेको छ।
उनीअसार ६ गते स्वदेश फर्किने छन् ।