गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको माग, प्रदेश प्रमुखको कार्यालय घेराउ
काठमाडौं । शहीददशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले प्रदेश प्रमुखकोकार्यालय घेराउ गरेका छन् ।
मंगलवार कैलालीको गेटामा शहीददशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयबनाउने माग सहितकार्यालय घेराउ गरेका हुन ।
उनीहरुले मुखमा र आँखामाकालो पट्टीबाधेर विरोध जनाएकाथिए । यस अघि हिजोप्रदेश सभाभवन घेराउ गरिएको थियो ।
२०७९ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले गरेको गेटामा शहीददशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने निर्णयउल्ट्याएर सरकारले १०० शैय्याको अस्पताल र स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भन्दै बजेट विनियोजन गरेपछि सुदूरपश्चिममाआन्दोलन सुरु भएको थियो ।