खाद्यवस्तुको आयातमा रोक लगाउनु पर्छ : बामदेव गौतम
काठमाडौं । राष्ट्रियसभा सदस्यबामदेव गौतमले सरकारले विदेशबाट खाद्यवस्तु आयातमा रोक लगाउनुपर्ने टिप्पणी गरेका छन् ।
बुधवार राष्ट्रियसभामाआर्थिक वर्ष २०८०÷८१ को बजे छलफलमा भागलिँदै उनले व्यवसायीकरण र औद्योगिकीकरण गरी खाद्यवस्तुमाआत्मनिर्भर हुनविदेशबाट खाद्यवस्तु आयातमाप्रतिबन्धलगाउनुपर्ने बताएकाहुन् ।
उनले भने ‘आगामीआर्थिक वर्षभित्रखाद्यवस्तुमाआन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषिउत्पादनको व्यवसायीकरण र औद्योगिकीकरण, राष्ट्रिय बजारको संरक्षण तथाआत्मनिर्भरता, सुनिश्चितताभन्दापहिले खाद्यवस्तुको निर्यातमा रोक लगाउनुका साथै विदेशबाट सम्पूर्ण खाद्यवस्तुको आयातमाप्रतिबन्ध लगाउनुपर्छ’
उनले नेपालमा २६ लाख हेक्टर कृषियोग्यभूमि रहेको भन्दै प्रतिवर्ष १० लाखजनालाई रोजगारी दिन सकिने बताए ।