चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत रिलिज
काठमाडौं । नेपाली चलचित्र ‘मीराः स्याडो अफ अ रेन्बो’को गीत सार्वजनिक भएको छ ।
आज आईतवार ‘आसभी फिल्म’ यूट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।
एक बच्चामा देखिएको अस्वभाविक सजग मानसिक स्थिति (अटिजम)को समस्या र कसैसँगको प्राईभेट सम्बन्धलाई समाजमा देखाउन खोज्ने एक आमाको संघर्षपूर्ण कथामा बनेको यो चलचित्रको गीतको भिडियोमा प्राकृतिक रुपमा पुरुष र महिला दुवैमा आकर्षित हुने महिलाको कथा देखाईएको छ ।
भिडियोमा निर्देशक समेत रहेकी अनिता पण्डित र नायिका सुरविना कार्कीलाई प्रमुख बनाईएको छ भने अभिनेताद्वय निशान चौहान र कैलाश रावललाई पनि राखिएको छ । चलचित्रकी निर्देशक पण्डितले सार्वजनिक गीतले यस चलचित्रको अर्को कथा देखाउने बताईन् ।