मधुपर्क सम्मान : श्रद्धाभावले दिएको पुरस्कारमात्र लिने गरेको पुष्कर लोहनीको कथन
काठमाडौं । नेपाली साहित्यिकमासिकपत्रिकामधुपर्कको वार्षिकोत्सवको अवसरमागोरखापत्र संस्थानले तीनजनाश्रष्टालाई सम्मान गरेको छ ।
मंगलवार नेपाली साहित्यिकमासिकपत्रिकामधुपर्कको ५६ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंमाआयोजित एक कार्यक्रममागोरखापत्र संस्थानले मधुपर्क सम्मानबाट गद्य,पद्य र प्रतिभा पुरस्कारबाट तीनजनालाई सम्मान गरेको हो ।
सम्मानितहुने साहित्यकारहरुमागद्यतर्फ आख्यानकार पुष्कर लोहनी,पद्यतर्फ कृष्ण भक्तश्रेष्ठ र प्रतिभा सम्मानबाटप्रभा भट्टराई रहेका छन् ।
मधुपर्क सम्मानबाट सम्मानितीनै जनाश्रष्टाले जनही ३५हजार १ रुपैयाँनगद राशीको पुरस्कार पाएका छन् ।
मधुपर्क सम्मानबाट सम्मानित भएपछि आख्यानकार पुष्कर लोहनीले बाध्यताले नभएर श्रद्धा भावले दिएको पुरस्कार सम्मानमात्रै लिनचाहेकोबताए ।
उनले भने,‘खुसीयति लाग्छ,सबैले मलाई स्नेह गरेका छन्,मधुपर्कले २०२६ सालदेखि मलाई निरन्तरतादिएको छ। त्यसैले मैले आज यो सम्मान ग्रहण गरेको छु नत्रलिने थिइन् ।कमलमणि बाबुले मदन पुरस्कार दिन्छु भनेर पछि दिएनन्,कुनै पनि पुरस्कार मैले लिएको छैन्,यदिश्रद्धा साथले दिन्छन् भने अहिले पनि लिन्छु तर बाध्यताले दिएको कुनै पनि पुरस्कार म लिन्न ।’
उनले आफ्नै विविधविधामाकलमचलाएर माथि उठेको भन्दै आफू प्रयोगवादी लेखक भएको बताए ।
मधुपर्कसंग सुरुवाती समयबाटै जोडिएको बताएकाउनले मधुपर्कसंग गहिरो माया रहेको र मधुपर्कको सम्पादकहरुबाट पनिउत्तिकै प्रेम पाएकोमाहर्ष व्यक्त गरे । उनले नेपाली साहित्यको लागि मरिमेट्ने व्यक्तिको रुपमाआफूलाई चित्रित गरे ।
उनले भने, ‘नेपाली,साहित्को लागि मरिमेट्ने मान्छे म हुँ । १० सालदेखि लेखेको लेख्यै छु,एउटा विधामामात्र हैन्, आलोचनागर्ने परम्परा थिएन् नेपालमाआलोचक नै थिएनन् ।’
कार्यक्रममागोरखापत्र राष्ट्रिय दैनिककाकार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीले मधुपर्क,साहित्यिकपत्रिकामात्रै नभएर नेपाली साहित्यको प्रतिष्ठित पाठशाला भएको बताए । उनले मधुपर्क साहित्यिकपत्रिकाभएपनियसले पत्रकारिता र साहित्यलाई जोड्न महत्वपूर्ण भूमिकानिर्वाह गर्दै पुलको काम गरेको बताए ।