यो देश नेता उत्पादन गर्ने थलो भयो : अध्यक्ष केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्षचित्रबहादुर केसीले देश नेताउत्पादनगर्ने थलोमा परिणत भएको टिप्पणी गरेका छन् ।
बुधवार प्रतिनिधिसभामा बजेटमाथि आफ्नो धारणा राख्दै उनले नेपालमाविकासको नाममा नेताउत्पादन र मन्त्री र सांसदको सङख्या बढाउने मात्रकामभएको टिप्पणी गरे ।
उनले देशको सबै ठाउँमा उत्पादनलसुन,प्याज ,खुर्सानीमा कर लगाएरबाहिर बाट ल्याउनु पर्ने भन्दै गुनासो पोखे ।
उनले भने, ‘अहिले सरकारले लसुनप्याजखुर्सानीमा कर लगाएको छ । हिमाल पहाड तराई सबै ठाउँमा हुन्छ यो । सबै बाहिरबाट ल्याउनु पर्ने । अहिलेसम्महामीले नेपालमाविकास गरेको भनेको नेताउत्पादन गरेको हो । मन्त्रीर सांसद बढाएको मात्रहो ।’
उनले खर्च घटाउनका लागिमन्त्री र सांसद घटाउनु पर्ने भन्दै संघीयता खारेज गर्न आग्रह गरे ।
उनले सत्तामा रहँदासबैले राम्रो देख्ने र प्रतिपक्षमा बस्ना साथ नराम्रो देख्ने बानीले बदिएको बताए ।