अपहरण पछिको नाटक : भारत कहिलेसम्म त्रिभूवन विमानस्थलसंग तर्सिरहने ?
काठमाडौं । २४ डिसेम्बर १९९९ नेपालहवाई उडान जगतकालागिकालो दिनको रुपमाअंकित रहनपुग्यो । त्रिभूवनअन्तर्राष्ट्रिय विमानस्थलबाटविमानचालकदलका १५ सदस्यसहित १ सय ७१ यात्रु लिएर नयाँदिल्ली उडेको इण्डियन एयरलाइन्सको आइसी – ८१४ अपहरणमा पर्यो । नयाँदिल्ली उडेको विमानअफगानिस्तानको कान्दाहार विमानस्थल पुर्याइयो । अपहरणकारीकोमाग पूरा भएपछि विमान र विमानमा रहेकायात्रुलाई मुक्तगरियो । यो थियो भारत र अपहरणकारीबीचको राजनीति । तर यो घटनापछि नेपालमाथि गिद्दे दृष्टि लाउँदै आएको भारतले धेरै कुरा छिनेको छ । जस्को असर आजसम्म नेपालीजनताले मात्रनभइ नेपालबाट उडेको विमानबाट नयाँदिल्लीहुँदै अन्य देश जाने बिभिन्न देशकानागरिकले पनिभोग्दै आएका छन् ।
अपहरण पछि भारतले नेपालको सुरक्षाजाँच प्रणालीमा नै प्रश्न उठाउँदै आफ्नो छुट्टै सुरक्षाजाँचनिकायत्रिभूवनअन्तर्राष्ट्रिय विमानस्थलराख्नपाउनु पर्ने दबाबदिएको थियो ।
भारतीयपक्षले नेपालीभूमि नै टेकेर आफ्नो विमानमार्फत उडान भर्नेहरुको सुरक्षा चेकजाँचगर्न थालेपछि नेपालले तत्कालै विरोध जनाएको थियो । त्यसपछि नेपालीभूमिभन्दा केहीमाथिचेकजाँचगर्न थाल्यो । त्यो ‘ल्याण्डरपोइन्ट’ सुरक्षाअहिले पनिजारी छ ।
अपहरणको घटनापछि त्रिभूवनविमानस्थलको सुरक्षाजाँचमानिकै परिवर्तन गरियो । तर पनिअझै भारतीयपक्षले विश्वास गरिसकेको छैन् ।
त्रिभूवनविमानस्थलमालामो समय सुरक्षाव्यवस्था हेरेका एक कर्मचारी भारतले कसरी हुन्छ अझै पनि उस्को छुट्टै युनिट विमानस्थलमा राख्ने प्रयासबाट पछि हटेको छैन् । उस्ले आफ्नो विमानमाप्रवेश गर्न अघि सबैको छुट्टै सुरक्षा चेकजाँचगर्दै आएको छ ।
‘यस्मा उस्को विश्वास भन्दापनि पर अन्यचाहनाप्रतिबिम्बितहुँदै आएको छ, नेपाललाई अलग्गै मुलुकको विमानस्थलभन्दापनि डोमेस्टिक विमानस्थलझै बनाउने उनको चाहना प्रष्ट छ, तर सरकारी अडानले उस्को अभिष्ट पूरा हुन सकेको छैैन् ’ तीकर्मचारीले भने ।
यता यस्तो दृश्य देखिदाभारतको नयाँदिल्ली स्थित इन्दिरा गान्धीअन्तर्राष्ट्रिय विमानस्थलमादेखिने र भोग्नु पर्ने दृश्य झनै नेपाली र नेपालभएर उडेका अन्य देशको नागरिककालागिकम पीडादायी छैन् ।
नेपालबाट उडेका विमानलाई भारतले इन्दिरा गान्धीअन्तर्राष्ट्रिय विमानस्थलको ‘डोमेस्टिक साइड’मा अवतरण गराउने गरेको छ । त्यसपछित्यहाँभोग्नु पर्ने झण्झटिलो व्यवहारले हरेक यात्रु आजितहुने गरेका छन् । घण्टौं लाइनमा राख्ने, अपमानजनकव्यवहार गर्ने, चेकजाँचमाअति कडाई गर्ने, विमानस्थलको नियमित सुरक्षाएवं कागजीप्रक्रियामापनि झण्झटिलो व्यवहार भोग्नु पर्ने अवस्था छ । जस्को कारण नयाँदिल्लीभएर अर्को मुलुकमा उड्न पुगेका कतिपययात्रुको विमान समेत छुट्ने गरेको छ । लामो समय लाग्ने हुँदायात्रुहरु भुईमा नै बसेर थकाई मार्ने गर्दै आएका छन् ।
‘कस्तो अपमानजनकव्यवहार, नेपालबाट आएकाविमानहरु उस्को घरेलु विमानस्थल राख्ने स्थानमाअवतरण गर्नुपर्ने, व्यवहार पनि उस्तै, नेपाल सरकारले कडा ढंगले प्रश्न उठाउँन नसक्दाको हविगतहो यो, अष्ट्रेलियाकालागि उडेका उदयपुरमा कृष्ण खवासले गुनासो गरे ‘ नेपालकाविमानले र नेपालबाट उडेका विमानले इन्दिरा गान्धीअन्तर्राष्ट्रिय विमानस्थलमाअन्तर्राष्ट्रिय व्यवहार पाउनु पर्छ,यो आवाज अब नेपाल सरकारले उठाउनु पर्छ । ’
निकै पीडादायी व्यवहार भोग्दै आएका नेपालीनागरिक र अन्य देशकानागरिकमाथि यो व्यवहार गर्न भारतीय समाजको सांस्कृतिकपहिचानले पनिनदिनु पर्ने हो । तर सुरक्षाको त्रासको नाममाभारत सरकारले गर्दै आएको यो व्यवहारले उस्कै पहिचानलाई थप संकुचितबनाएको प्रष्ट छ ।