राष्ट्रपति पौडेलद्धारा युगकवि सिद्धिचरण पुरस्कार डा. जयराज आचार्यलाई प्रदान
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको युगकवि सिद्धिचरण श्रेष्ठका नाममा स्थापितयुगकवि सिद्धिचरण पुरस्कार प्राध्यापक डा जयराजआचार्यलाई प्रदानगरेका छन् ।
युगकविसिद्धिचरण प्रतिष्ठानले युगकवि सिद्धिचरण श्रेष्ठको ११२ औँ जन्मजयन्तीकाअवसरमा आजशीतलनिवासमाआयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले भाषा, साहित्य र कुटनीतिको क्षेत्रमा योगदान पु¥याएवापत डा आचार्यलाई सो पुरस्कार प्रदानगरेका हुन् । सो पुरस्कारको राशि एक लाखनगदसहित सम्मानपत्र रहेको छ ।
यसैगरी राष्ट्रपति पौडेलले यसवर्षको युगकवि सिद्धिचरण युवापत्रकारिता पुरस्कार पत्रकार चेतनाथधमलालाई प्रदानगरे । सो पुरस्कारको राशि २५ हजार नगदसहित सम्मानपत्र रहेको छ । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रतिष्ठानमा कार्यरत जनक खड्कालाई कदरपत्रप्रदानपनिप्रदान गरे ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष वैरागीकाइला, संरक्षक रविचरण श्रेष्ठ, पुरस्कृत व्यक्तित्वआचार्य, प्राडा मोहनलोहनीले युगकवि सिद्धिचरणको साहित्य साधना, बहुआयामिकव्यक्तित्व र कृतित्वबारे प्रकाशपारेका थिए ।