तराईका क्षेत्रमा लू चल्ने सम्भावना
काठमाडौं । मुलुकको तराई क्षेत्रमा तातो हावा तथा लू चाहिरहेको हँुदा सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मुलुकको तापक्रम अझै केही दिन घट्ने छैन । त्यसो हुँदा तातो हावा तथा लू चलिरहेको महाशाखाको भनाई छ । कोशी, गण्डकीर कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानमा भने हावाहुरी चल्ने सम्भावना छ । त्यसो हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
सोमवार राती मुलुकको पहाडी भूभागमा आंशिक बदली रहने छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ । उक्त स्थानमा क्षणिक वर्षा हुने सम्भावना पनि रहेको छ ।