एमाले र काँग्रेसका नेताहरु भन्छन : गाँजा खाएर क्यान्सर पनि हुन्न,मान्छे पनि मर्दैन
काठमाडौं । चिकित्सक एवंविज्ञहरुले सूर्तिजन्य पदार्थको प्रयोगले क्यान्सर जस्तो प्राणघातक रोग मात्र नभइ नसर्ने अन्य रोगहरु पनि निम्त्याउने चेतावनी दिदै गर्दा नेकपा एमाले र नेपाली काँग्रेसका नेताहरुले गाँजा खाएर कोही पनि नमर्ने बताएका छन् । एउटा चुरोटको खिल्लीमाहुने ४÷५ हजार रसायनिक पदार्थले करिब ७० प्रकारका क्यान्सर निम्त्याउने पनि विज्ञहरुले बताए पनि दुई शीर्ष दलका नेताहरुले भने गाँजा खाँदा क्यान्सर पनि नहुने तर्क गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित धूमपान र सूर्तिजन्य पदार्थको उपभोगबाट उत्पन्न रोगको रोकथाम नियन्त्रण, निदान र उपचार सम्बन्धि अन्तरक्रिया कार्यक्रममा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.राजेन्द्र बरालले क्यान्सरको मुख्य कारकतत्व सूर्तिजन्य पदार्थको प्रयोग भएको बताए । सूर्तिजन्य पदार्थले क्यान्सरमात्र नभएर नसर्ने अन्य सयौं रोगहरू पनि निम्त्याउने उनको भनाइ छ ।