स्थानीय किसान र उद्यमीको संरक्षण गर्न उपभोग्य वस्तुमा कर : अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले स्थानीयकिसान र उद्यमीहरुलाई संरक्षण गर्न उपभोग्य बस्तुमा कर लगाईएको बताएका छन् ।
सोमबार आगामीआर्थिक वर्ष २०८०÷८१ का लागिविनियोजित बजेटबारे सांसदहरुले उठाएका प्रश्नको जवाफदिँदै मन्त्रीमहतले प्याज र आलुमा भ्याट लगाउनुको उद्देश्य स्थानीयकिसान र उद्यमीको संरक्षण गर्नु बाहेक अन्य उद्देश्य नरहेको बताए ।