वैदेशिक रोजगार क्षेत्रका समस्याबारे अध्ययन गर्न उपसमिति गठन
काठमाडौं । उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानका लागि उपसमिति गठन गरेको छ ।
बुधवार बसेको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले ५ जना सदस्यहरुको उप समिति बनाएको हो ।
उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सचिव रामकुमार पौडेलका अनुसार नेपाली कांग्रेसबाट १ जना, राम शंकर यादव,सुर्यमान तमाङ,गणेश पराजुली र श्रीकृष्ण कुमारश्रेष्ठ गरी ५ जना सदस्यको उपसमिती गठन भएको हो।
अध्ययन र अनुगमन गर्नको लागि ३० दिनको समय दिएर उपसमिती बनाइएको उद्योग बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष रनेन्द्र बराईलीको भनाई छ ।