आलु प्याजमा करः आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुने बाटो
काठमाडौं ।अर्थमन्त्री डा. प्रकाश शरण महतले किसानहरुको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमाआत्मनिर्भर बनाउनआलु, प्याज, स्याउ जस्ता कृषिजन्य वस्तुमा मूल्यअभिवृद्धि कर (भ्याट) लगाइएको बताएका छन् ।
यसले स्वदेश भित्रका सानाकिसान संरक्षितहुने र आयातनिरुत्साहितहुने उनको तर्क छ ।
आगामीआर्थिक वर्षको बजेटमा उठेका प्रश्नहरुको संघीय संसद्माजवाफदिँदै अर्थमन्त्रीमहतले भने, ‘सँधै आयात गरेर देश आत्मनिर्भर कहिले बन्ने?आयातधेरै भयो भन्ने गुनासो सबैको छ । त्यसलाई कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्छ । आन्तरिक उत्पादन बढाउन आयातितवस्तुमा कर लगाउनुपर्छ । आन्तरिक उत्पादनलाई बढाउने कर पनि एउटा उपायहो ।’
उनले ५० लाखभन्दाकम कारोबार गर्नेकिसानलाई कर नलाग्ने समेत स्पष्ट पारे । आयात गरेर त्यो भन्दा बढी कारोबार गर्नेलाई मात्रै कर लाग्ने पनिउनको भनाइथियो ।
चालु आर्थिक वर्षको १० महिनामामात्रै आलुको आयात ८ अर्ब ८२ करोड भएको छ । त्यस्तै प्याज ६ अर्ब १७ करोड र स्याउको ७ अर्ब १५ करोड भएको छ । विदेशीअनुदानप्राप्त वस्तुसँग स्वदेशीउत्पादनले प्रतिष्पर्धा गर्न नसकेको कारण यस्ता वस्तुको आयात हरेक वर्ष बढ्दै गएको देखिएको छ ।