श्रष्टाले सम्मानबापत पाउने रकममा कर कट्टी नर्गन बैरागी काँइलाको आग्रह
काठमाडौं । वरिष्ठ साहित्यकार बैरागीकाँइलाले साहित्यकार तथा लेखकले साहित्यिक क्षेत्रमा योगदान गरेबापतपाउने सम्मान रकममाकर कट्टीनगर्न आग्रह गरेका छन् ।
नेपाली साहित्यिकपत्रिकामधुपर्क मासिकको ५६ औं वार्षिकोत्सव समारोहमावरिष्ठ साहित्यकारकाँइलाले कतिपय संघ संस्थाले साहित्यकारहरुलाई सम्मानगर्ने क्रममाउनीहरुले पाउने सम्मान रकममा समेत कर कट्टी गरेर दिने गरेको भन्दै पारिश्रमिक र सम्मानको फरक छ्ट्याउनुपर्ने धारणा राखे ।
उनले भने, ‘लेखकले लेखेर पाउने पारिश्रमिक र लेखेर योगदानदिएबापतपाउने सम्मानको रकम पुरस्कार भिन्न कुरा हो । पारिश्रमिकनियमित हुन्छ,त्यसमा ऐन बमोजिमको कर लगाउँदा हुन्छ । पुरस्कारमा केको कर?’
उनले पुरस्कार र सम्मान जस्ता कुरा श्रष्टाले लेखेर अर्जित गर्ने सम्पतिभएको बताउँदै उक्त पुरस्कारमा कर लगाउने विषयमुनासिवनहुने भएकाले श्रष्टालाई गरिएको सम्मानबाट पाउने रकममा कर नलगाउनगोरखापत्र संस्थानलाई समेत आग्रह गरे ।
‘एउटा कुरा के हो भने गोरखापत्रले तोकेको पुरस्कार रकम दिनुपर्छ,कर कट्टीगर्ने रकमउहाँहरुकोआफ्नै खाताबाट कटाउँदा हुन्छ । अर्को कुरा नेपाल सरकारलाई साहित्यकारहरुले कति कर दिनुपर्ने हो?१५प्रतिशतहोकि २५ प्रतिहतहो?व्यवस्थापनले यो कुरा हेरे सबैलाई राम्रो हुन्छ ।’ काँइलाले भने ।
उनले लेखेर पाउने पारिश्रमिकमापनि कर लगाउने विषयलाई लिएर गोरखापत्र संस्थानलाई स्पस्ट पार्न समेत आग्रह गरे ।
मधुपर्क मासिकको ५६ औं वार्षिकोत्सवको अवसरमाविभिन्नविधामाकलमचलाएर योगदान पु¥याएबापततीनश्रष्ठालाई सम्मानगरिएको छ ।