चलखेल गर्ने प्रवृति घातक : अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाश शरण महतले, कुनै काम गर्न खोज्दा त्यसलाई कार्यान्वयन गर्न नदिने प्रवृति घातक रहेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै, उनले काम गर्न खोज्दा विभिन्न निहु बनाएर चलखेल गर्ने प्रवृति रहेको घातक रहेको बताए । ‘हाम्रो संयन्त्र चुस्तदुरुस्त छैन । तुरुन्तै त्यसलाई पहिचान गरेर ठिक गर्न ।’ उनले भने ‘त्यसले गर्दा हाहाकार मचिन्छ अनि यहि ट्याक्स लगाएर यस्तो भयो भनेर कहाँ हुनु । ट्याक्स लगाउन पाको छैन । कार्यन्वयन गर्न पाएको छैन । त्यहीलाई निहु बनाएर चलखेल गर्ने प्रवृत्ति त छँदै छ नी हाम्रो समाजमा ।’
अर्थ मन्त्रालय अरु मन्त्रालयमाथि हावि भयो भन्ने आरोप लागेको भन्दै उनले मन्त्रालयले आफ्नो जिम्मेवारी मात्रै पुरा गरेको बताए ।
‘अर्थमन्त्रालय अरु मन्त्रालयमाथि ंहावि भयो कि भन्ने छ आफ्नो आफ्नो जिम्मेवारिमा सबै मन्त्रालय सबै भन्दा महत्वपुणर् छ ।’ उनले भने ‘जे अर्थमन्त्रालयको जिम्मेवारी छ त्यो जिम्मेवारीमा अर्थ मन्त्रालय सबैभन्दा महत्वपूणर् छ । तर सम्बन्धित मन्त्रालयको जे जिम्मेवारी छ । ती विषयमा ती मन्त्रालयहरु सबैभन्दा महत्वपूणर् छन् । यसरी बुझिदिनु होला । कुनै हावि हुने कुरा छैन् । यसको जे जिम्मेवारी हो जिम्मेवारी पुरा गर्ने कुरा मात्र गरेका हौं ।’
नेपालको कृषि क्षेत्रमा कर बढाइएको भन्ने विषयमा सत्यता नरहेको बताएका उनले आन्तरिक उत्पादन बढाउने गरी काम भइरहेको बताए । सांसद रामहरी खतिवडाले उठाएको प्रश्नको जवाफमा उनले भने ‘रामहरी जीले भन्नु भयो प्याजमा कर लगाउनु भयो भनेर त्यसबारेमा पछि भनौला तर त्यस्तो हैन । आन्तरिक उत्पादन बढाउने कुरा गरिरहेको छु । मान्य ज्युहरु बाट पनि आउँछ । कति आयात गर्ने ? अरर्बौको आयात गर्ने ? कृषिमा आधारित देश भन्ने खोई उत्पादन ? के गर्दै छ सकार ?हामीले उत्पादनमा अनुदान दिने भनिरहका छौं त्यसको लागि विदेशी आयातसंग प्रतिस्पर्धा गर्ने ठाउँ दिनु पर्यो । त्यसको लागि केहो । त्यसले नेपालको उत्पादन बढाउन मद्धत गर्छ ।’