काभा पुरुष भलिबल नेसन्स लिग : नेपाल मंगोलियासँग ३–१ ले पराजित
नेपालकाभापुरुषभलिबल नेसन्स लिगकोपहिलो खेलमामंगोलियासँग पराजितभएको छ ।
कीर्गिस्तानको बिस्केकस्थित चोल्फन-अतामा रहेको स्पोर्ट्स एण्ड रिक्रिएसनकमप्लेक्समाआइतबार भएको खेलमामंगोलियासँगनेपाल३-१ सेटमा पराजितभयो ।
नेपालभलिबल संघका अनुसार मंगोलियाले पहिलो सेट २५-१९ र दोस्रो सेट २५-२० ले जिते पनि तेस्रो सेट नेपालले २७ - २५ ले आफनो पक्षमापारेको थियो । तर निणर्ायक सेटमा मंगोलिया नेपालमाथि २५ -२० ले हावीभएको थियो ।
यसअघि भएको भेटमा सन् २०१८ को एसियाली खेलकुदमानेपालले मंगोलियालाई ३-१ को सेटमा पराजित गरेको थियो ।
नेपालले अब भोलि सोमबार घरेलु टोलीकीर्गिस्तानसँगखेल्ने छ ।