एसियाड तयारी : नेपाली बक्सिङ टोलीको प्रशिक्षकमा भारतीय प्रशिक्षक शिव सिंह
काठमाडौं । चीनको हाङझावमाहुने १९ औ एशियालीतयारीमा रहेका २६ जना नेपालीबक्सिङ्ग प्रशिक्षण सम्हाल्नभारतीयबक्सिङ प्रशिक्षकशिव सिंह नेपालआएका छन ।
भारतकापूर्व प्रमुखप्रशिक्षक रहेका वरिष्ठ बक्सिङ्ग सिंहलेविजेन्द्र सिंह, मेरी कोम लगायतथुप्रै विश्वच्याम्पियनमुक्केबाजउत्पादन गर्न सफलभएका छन् । सिंहले आगामी १९ औ एशियाली खेलकुदको तयारी टिममा मुख्यप्रशिक्षकको भूमिकानिर्वाह गर्नेछन ।
उनीसंगै प्रशिक्षणमा नेपालीबक्सिङ्गकामुख्यप्रशिक्षक प्रचण्ड शर्मा, वरिष्ठ प्रशिक्षक प्रविण तुलाधर, आईवाथ्री स्टार प्रशिक्षकदीपकमहर्जन, पूर्व मुख्यप्रशिक्षकप्रकाशथापामगर र राष्ट्रिय प्रशिक्षक राजश्रेष्ठ पनि रहेका छन् । प्रशिक्षण विहान र बेलुकादशरथ रंगशालामाभईरहेको छ ।
चीनको हाङझावमाहुने एसियाली खेलकुदआगामीसेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्महुँदैछ् ।
नेपालले हालसम्मबक्सिङबाट एसियाली खेलकुदमा६ काँस्यपदकमात्रजितेको छ ।