बैंगलुरु साफ च्याम्पियनसिपका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा
काठमाडौं । १४औं साफच्याम्पियनसिपकालागि साविकउपविजेता रहेको नेपाली टोलीको घोषणा गरेको छ ।
आगामीअसार ६ गतेदेखि भारतको दक्षिण शहर बैंगलुरुमा सुरु हुने नेपाली टोलीकालागिप्रमुखप्रशिक्षकभिन्सेन्जो अल्वर्टो एनेसले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीमाउनले ३ नयाँअनुहारलाई अवसर दिएका छन् ।
रक्षापंक्तिका खेलाडीद्वय विमल पाण्डे र सीमान्तथापाएवं मध्यपंक्तिकालोकेन लिम्बू टोलीको नयाँ सदस्य बनेका छन् ।
साफच्याम्पियनसिपको पछिल्लो उप विजेतानेपाल साविकविजेताएवं घरेलु टोलीभारत, कुवेत र पाकिस्तानजस्ता सशक्त टोली रहेको समूहमा रहेको छ ।
कुवेत र लेबनान यसपटक साफच्याम्पियनसिपको आमन्त्रितपाहुना टोलीहुन् । दक्षिण एसियालीमुलुकहरुको फुटबल स्तर बढाउने उद्देश्यका साथयीदुई टोलीलाई यसपटक साफच्याम्पियनसिपमा सहभागी गराइएको हो ।
घोषित नेपाली टोलीको गोलरक्षकमाकप्तान किरणकुमार लिम्बू, दीपकार्की र विशालश्रेष्ठ रहेका छन् । यस्तै रक्षापंक्तिमा रोहितचन्द, निशान्त खड्का, देबेन्द्र तामाङ, अनन्ततामाङ, सनिशश्रेष्ठ, सीमान्तथापा र बिमल पाण्डे रहेका छन् ।
टोलीको मध्यपंक्तिमानविनलामा, लोकेन लिम्बू, एरिक विष्ट, आभास लामिछाने र पुजनउपर्कोटी छन् भने अग्रपंक्तिमानवयुगश्रेष्ठ,अन्जन विष्ट, मनिष डाँगी, आयुस घलान, विमल घर्तीमगर र दीपकराज सिंह छन् ।
नेपाली टोलीले साफच्याम्पियनसिपमाउत्रनु अघि फिलिपिन्ससंग मैत्रीपूर्ण खेल खेलेर उतैबाट बंैगलुरु प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।