बजेटमा देखिएको त्रुटि सच्याउने सर्तमा बजेट पासका लागि मत दियौं : उपेन्द्र यादव
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्रयादवलेसरकारले बजेटमा देखिएको त्रुटि सच्याउने गरी बजेट पासकालागि मत दिएको बताएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठकबाट बजेट पारित भएपश्चात सञ्चारकर्मीसँग प्रतिक्रियादिदै अध्यक्षयादवले आफ्नो पार्टीको असन्तुष्टिलाई राख्दै अर्थमन्त्री र प्रधानमन्त्रीले बोलीसकेपछि त्यसलाई समर्थन गरेको बताए ।
उनले भने,असन्तुष्टिलाई राख्दै बहुमतले बजेट पास भयो । सरकारले धेरै कुराहरु सच्याउने भनेर प्रधानमन्त्री र अर्थमन्त्रीले बोलिसकेपछि त्यसलाई मान्दै बजेट पास भयो । ’