सरकारले करको दर हेरफेर गर्न पाउँछ तर औचित्य पुष्टि हुनुपर्छ : गगन थापा
काठमाडौं । नेपाली काँंग्रेसका महामन्त्री गगन थापाले सरकारले करको दर हेरफेरको कुरामा हेरफेर गर्न पाइने बताएका छन् । तर उनले एउटा एउटा करको दर हेरफेर किन गरेको भन्ने औचित्यको भने पुष्टि हुनुपर्ने बताए ।
आइतबार प्रतिनिधिसभामा सरकारले ल्याएको आर्थिक वर्ष २०८०÷८१ को बजेट माथि टिप्पणी गर्दै सांसद थापाले छुट दिएको करको भार कति पर्यो र हटाउँदा के कति फरक पर्यो भन्ने औचित्यको पुष्टि हुनु पर्ने बताए । चाहे त्यो विद्युतीय गाडी होस अन्यमा तर किन भन्ने प्रश्नको जवाफ भने हुनुपर्ने उनको भनाइ थियो । उनले करको दर हेरफेर नै गर्न नपाउने भए विधेयक किन ल्याउने भन्ने प्रश्न पनि गरे ।