एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसिया कपमा नेपाललाई ८८ रनको लक्ष्य
काठमाडौं । हङकङमाजारी एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसियाकपमापाकिस्तान ए ले नेपाललाई ८८ रनको लक्ष्यदिएको छ ।
हङकङको मङकङमा टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान ए ले १९ दशमलव २ ओभरमा अलआउट भएर ८७ रन मात्रबनायो ।
पाकिस्तानकालागिशवालजुफिकले ३६ बलमा सर्वाधिक२८ रन बनाईन् । कप्तान सानाफतिमाले २३ बलमा १६ रन बनाउँदागुलफरुजाले १८ बलमा ११ रन जोडिन् ।
कविताकुवँरले पहिलो ओभरमा नै इमनफतिमालाई शुन्य रनमा आउट गराएपछि नेपालले राम्रो लय समातेको थियो ।
नेपालकालागि ईन्दु बर्माले सर्वाधिकतीनविकेट लिइन् । त्यस्तै कविताजोशी, कविताकुवँर र सीता रानामगरले समान २÷२ विकेट लिए।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसियाकपको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध टस जितेर बलिङ रोजेको थियो ।
थाईल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमानामफिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो ।
एसीसी महिला टी–ट्वान्टी इमर्जिङ टिम्स एसियाकपमा नेपालीमहिला टोलीको यो पहिलो सहभागीताहो ।